Wednesday, February 4, 2026
Homeशिक्षा र स्वास्थ्यआज विश्व क्यान्सर दिवस चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

आज विश्व क्यान्सर दिवस चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

विराटचोकः आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।

नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला बर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यन्सर रोग निवारणका लागि दिवसको अवसर पारेर सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएका हुन् । त्यस्तै सूर्तिजन्य वस्तुको सेवन गर्नेको सङ्ख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।

नेपालमा बर्सेनि १५ हजार व्यक्तिको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।

सूर्तिजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका बिरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामी धेरै भएको बताइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments