विराटचोकः सुपर मादी हाईड्रोपावर लिमिटेडको १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता शेयरको लक इन अवधि आज माघ २१ गते सकिने भएको छ ।
संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५ सय कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ४४ हजार १ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५ सय कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।
लक इन अवधि सकिएपछि ती शेयर अब दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन् ।







