Sunday, February 1, 2026
Homeप्रवासतुरुन्तै इरान छोड्न त्यहाँ रहेका नेपालीलाई सरकारको आग्रह

तुरुन्तै इरान छोड्न त्यहाँ रहेका नेपालीलाई सरकारको आग्रह

काठमाडौंः पछिल्लो समय इरानमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न अनुरोध गरेको छ ।

आज परराष्ट्र मन्त्रालयले एक ’ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । कामका सिलसिलामा वा अन्य कारणले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध भएसम्मका छिटो माध्यम प्रयोग गरी इरान छाड्न मन्त्रालयले सुझाव दिएको छ ।

इरानमा रहेका नेपालीहरूलाई आपत्कालीन अवस्थामा देशबाट बाहिरिन सहज होस् भन्नका लागि आफ्नो राहदानी (पासपोर्ट) र परिचयपत्र लगायतका यात्राका कागजातहरू हर समय तयारी अवस्थामा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि १३ जनवरी २०२६ मा पनि यसै विषयमा सूचना जारी गरेको थियो । इरानको अस्थिर परिस्थितिका कारण आइतबार पुनः अर्को सचेतना सूचना जारी गरिएको हो ।

इरानमा रहेका नेपालीहरूको समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ र नेपाली राजदूतावास, दोहा (कतार) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

इरानमा कति नेपाली छन् भन्ने तथ्याङ्कको बारेमा केही भनिएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments