Monday, February 2, 2026
Homeअर्थविद्युतीयमिक्वाखोलामा थालियो अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्न

मिक्वाखोलामा थालियो अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्न

ताप्लेजुङः निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य शुरु भएको छ ।

मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य शुरु भएको हो ।

प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा सुरुङ खन्ने कार्य गरिएको हो । सुरुङ मार्ग निर्माण एक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

करीब ६ अर्ब ३७ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजनाको प्रवद्र्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । आयोजना निर्माणको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य शुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करीब ४ किलोमिटर लामो सुरुङ मार्ग हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments