Sunday, February 1, 2026
Homeसमाचारबालेनको चुनाव प्रचारको क्रममा बेहोश भएपछि उपचाररत् चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

बालेनको चुनाव प्रचारको क्रममा बेहोश भएपछि उपचाररत् चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर सिटौलाको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको छ ।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौला बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्श दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न ब्उलभब परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौँ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments