Wednesday, January 21, 2026
Homeशिक्षा र स्वास्थ्यनेपाल प्रगतिशील प्राध्यापक संगठनको प्रदेश अधिवेशनमा ‘कोशी संवाद’सहित कार्यपत्र प्रस्तुत

नेपाल प्रगतिशील प्राध्यापक संगठनको प्रदेश अधिवेशनमा ‘कोशी संवाद’सहित कार्यपत्र प्रस्तुत

विराटचोकः ‘पेशागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक तथा गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नारासहित नेपाल प्रगतिशील प्राध्यापक संगठन, कोशी प्रदेशको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।

सुकुना बहुमुखी क्याम्पसमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष सह–प्रा. डा. पदमप्रसाद खतिवडाले गर्नुभएको थियो । अधिवेशनका अवसरमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा वर्तमान शैक्षिक अवस्थाबारे ‘कोशी संवाद’ शीर्षकमा विश्लेषणात्मक छलफल भएको थियो । सो संवादमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ सहभागी रहनुभएको थियो । संवादको सहजीकरण किरण घिमिरेले गर्नुभएको थियो ।

अधिवेशनमा डा. राजेन्द्र अधिकारीद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो । उहाँले भदौ २३–२४ पछिको नेपाली राजनीति, लोकतान्त्रिक दलमाथिका चुनौती लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन इकाइ समिति सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष सुकदल लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा संगठनका कोशी प्रदेशका पदाधिकारी, प्राध्यापक, क्याम्पस प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments