Sunday, January 25, 2026
Homeअर्थशेयरसेबोनको कारबाहीमा परे १०१ कम्पनी

सेबोनको कारबाहीमा परे १०१ कम्पनी

काठमाडौंः पूँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले नियामकीय प्रावधान अटेर गर्ने एक सयभन्दा बढी कम्पनीलाई कारबाही गरेको छ । बोर्डले गत आर्थिक वर्षमा नियामकीय व्यवस्था अटेर गर्ने १०१ कम्पनीलाई कारबाही गरेको हो ।

बोर्डको कारवाहीमा पर्नेमा दुई धितोपत्र दलाल व्यवसायी, एक मर्चेन्ट बैंकर, एक हाइड्रोपावर कम्पनी, एक बीमा कम्पनी र ९६ सूचीकृत संस्थासहित रहेका छन् । उनीहरूमाथि समयमा वित्तीय विवरण नबुझाएको, शेयर बाँडफाँडमा पारदर्शिता नदेखाएको, सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको लगायतका विषयमा नियामकीय प्रावधानअनुरुप कारबाही गरिएको धितोपत्र बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

दुई धितोपत्र दलाललाई पाँच÷पाँच हजार रुपैयाँ, १६ सूचीकृत संगठित संस्थालाई जनही एक लाख रुपैयाँ, ६९ कम्पनीलाई ५०÷५० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरिएको छ । केही कम्पनीलाई भने लिखित चेतावनी र निर्देशन दिइएको बोर्डले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments