Sunday, January 25, 2026
Homeअर्थसुनचाँदीआज पनि बनायो सुनचाँदीको भाउले उच्च मूल्यको रेकर्ड

आज पनि बनायो सुनचाँदीको भाउले उच्च मूल्यको रेकर्ड

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउले उच्च मूल्यको रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २९० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ३ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ६ हजार ४८० रुपैयाँ निर्धारण भएको छ । योसँगै सरस्वती पूजाको दिन माघ ९ गते कायम भएको सुन र चाँदीको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।

शुक्रबार सुनको भाउ तोलामा ९ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३२० रुपैयाँ बढेको थियो । सो दिन सुन र चाँदीको भाउले हालसम्मकै उच्च मूल्य बनाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments