विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ७८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो ।







