Sunday, January 11, 2026
Homeअर्थदोस्रो बेलबारी महोत्सव शुरु, प्रदेश स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

दोस्रो बेलबारी महोत्सव शुरु, प्रदेश स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

बेलबारीः माघ ५ गतेसम्म चल्ने दोस्रो बेलबारी महोत्सवको शुक्रबार उद्घाटन भएको छ । प्रदेश स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री लिम्बूले बेलबारीको समृद्धिको लागि महोत्सव कोशेढुङ्गा बनोस् भन्ने कामना गर्नुभयो । महोत्सवले लगानीकर्तालाई लगानी गर्न इच्छुक बनाओस् लगानीकर्ताको लगानीको संरक्षण गर्न कोशी प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले देशमा पर्यटन व्यवसायको क्षेत्र बिस्तार हुँदै गएको हुनाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यस्ता मेला र महोत्सव पनि सहायक हुने बताउनुभयो । जेनजी आन्दोलनपछि उद्योग व्यवसायीमा लगानी गर्ने आँट घटेको हुनाले सरकारले लगानीकर्ताको लगानी सुरक्षित गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा छिमेकी पालिकाका उद्योग वाणिज्य संघका प्रतिनिधि, बेलबारीका राजनीतिकर्मी, विभिन्न संघसंस्थका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष सन्दीप राईले अग्रज व्यवसायीको आँट र ऊर्जाले दोस्रो महोत्सव आयोजना गरिएको हुनाले महोत्सव सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न जातजातिले जातीय झाँकी र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन आयोजक बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments