Saturday, January 10, 2026
Homeकला र साहित्यबेलबारीमा गजलकार मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम सम्पन्न

बेलबारीमा गजलकार मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम सम्पन्न

बेलबारीः संघीय राजधानी निवासी गजलकार अभागी मानन्धरको एकल गजल वाचन कार्यक्रम मोरङको बेलबारीमा सम्पन्न भएको छ ।

कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र शिक्षा सन्देश इङ्लिस स्कुलको सहयोजनामा भएको कार्यक्रममा गजलकार अभागीले आधा दर्जन नेपाली तथा हिन्दी गजल वाचन गरेका थिए । साहित्यमा नयाँ पुस्ता आउन नसकेको गुनासो थियो । गजलकार अभागीलाई आयोजकले सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङले यस्ता कार्यक्रमले अग्रजको सम्मान हुने बताउनुभयो ।

सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्ष छवि वैरागी घिमिरेले स्रष्टाले सिर्जनाकर्म छोड्न नहुने बताउनुभयो । शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले एक जना अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेलबारी र सुन्दरहरैँचामा रहेका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साहित्यका अतिरिक्त शैक्षिक, सामाजिक व्यक्ति, शिक्षक तथा विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषद्का सल्लाहकार छवि वैरागी घिमिरे, रमेश निरौला, तिला लेकाली, चिरञ्जीवी काफ्ले र एकराज भट्टराईका एक एकओटा गजल वाचन गरिएका थिए ।

परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।

कार्यक्रममा विदुर सुवेदी, शेखर थापा मगर, सञ्जीव धिमाल, शारदा दाहाल भण्डारी, आइतराज लिम्बू, सुन्दर भट्ट, दीपक नेपाल, हीरा खड््का, जुनु बुढाथोकी, राजु परियारलगायका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments