Saturday, December 20, 2025
Homeकृषिधेरै धान उत्पादन गर्ने पाँचखपनका भीमकुमार थापा सम्मानित

धेरै धान उत्पादन गर्ने पाँचखपनका भीमकुमार थापा सम्मानित

वानाः ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल संखुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापा धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मानित हुनुभएको छ ।

थापा नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मानित हुनुभएको हो । पाँचखपन–६ मा बुधबार आयोजित कार्यक्रममा वडाध्यक्ष विष्णु श्रेष्ठले थापालाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

वडाध्यक्ष श्रेष्ठले किसानको श्रमको सम्मानबिनाको कृषि विकास दिगो हुन नसक्ने हुनाले यस्ता सम्मानले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।

सम्मानित किसान थापाले परम्परागत खेती प्रणालीलाई सुधार गरी आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमा मलखादको प्रयोग र सिँचाइ व्यवस्थापनका कारण उत्पादन बढाउन सफल भएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments