Saturday, December 20, 2025
Homeफिचरकार्बन उत्सर्जन कम गरेबापत नेपाललाई १ अर्ब ३३ करोड रुपैयाँ प्राप्त

कार्बन उत्सर्जन कम गरेबापत नेपाललाई १ अर्ब ३३ करोड रुपैयाँ प्राप्त

काठमाडौंः नेपालले कार्बन उत्सर्जन कम गरेबापत १ अर्ब ३३ करोड रुपैयाँ प्राप्त गरेको छ । विश्व बैंकले फोरेष्ट कार्बन पार्टनरसिम फेसिलिटी अन्तर्गत तराई क्षेत्रमा १८ लाख ८० हजार टन कार्बन उत्सर्जन घटाएकाले ९.४ मिलियन अमेरिकी डलर प्राप्त गरेको हो ।

वन विनाश र वन ह्रासबाट हुने उत्सर्जन घटाउन तथा समावेशी र दीगो वन व्यवस्थापन प्रवर्द्धन गर्न नेपालले प्रयोग गरिरहेको एक महत्वपूर्ण कोशेढुंगा हो । नेपालमा एफसीपएफ कार्यक्रमले स्थानीय समुदायसंग सहकार्य गर्दै वन जोगाउने, पुनःस्थापना गर्ने र ग्रामीण जीविकोपार्जनका लागि काम गर्छ ।

विश्व बैंकका काउन्ट्री डाइरेक्टर डेविड सिस्लेनका अनुसार नेपालले वन विनाश कम गर्न, जैविक विधिता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दीगो जीविकोपार्जन विस्तार गर्न हासिल गरेको सफलताको प्रमाण हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्राले वन संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको प्रयासको नतिजा सकारात्मक भएको बताउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments