Thursday, December 11, 2025
Homeफिचरजेनजी आन्दोलनलाई सरकारले लियो स्वामित्व, जेनजी र सरकारबीच भयो १० बुँदे सहमति

जेनजी आन्दोलनलाई सरकारले लियो स्वामित्व, जेनजी र सरकारबीच भयो १० बुँदे सहमति

काठमाडौंः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यस क्रममा उठेका मागलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बने पनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।

सम्झौता नभए र सरकारले थप ढिलासुस्ती गरे फेरि सडकमा जाने चेतावनी जेनजीले दिएका थिए । उनीहरुले दबाबमात्र दिएनन्, आफ्ना तर्फबाट सम्झौताको मस्यौदा सरकारलाई बुझाए । सोही मस्यौदामा सरकार र जेनजी आन्दोलनकारीबीच पटकपटक छलफल भएर १० बुँदे निचोड निकालिएको हो ।

शासकीय अव्यवस्थविरुद्ध जेनजीले असङ्गठित रूपमा गरेको आन्दोलनले तत्कालीन राजनीतिक दलको सत्ता बर्खास्त गरेको थियो । जेनजीसमेतको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको थियो । जेनजीले आन्दोलन अघि कुनै सङ्गठित माग नराखेकाले आन्दोलनमा उठेका विषय त्यत्तिकै बिलाउने जोखिम बढेको थियो ।

आन्दोलनको अपराधिकरण बढ्दै गएको जेनजीको गुनासो र निरन्तरको दबाबमा पछि दुई पक्ष औपचारिक सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।

यस्तो छ सरकार र जेनजीबीच भएको दश बुँदे सम्झौताका बुँदा
१. शहीद र घाइतेको सम्मान र परिपूरण

२. भाद्र २३–२४ का घटनाको अनुसन्धान

३. भ्रष्टाचार र दलीयकरणको अन्त्य

४. स्वतन्त्र, निष्पक्ष निर्वाचन र नोटाको व्यवस्था

५. संविधान संशोधन सुझाव आयोग गठन

६. पूर्ण समानुपातिक समावेशिता

७. पारदर्शिता र जवाफदेहिता

८. अभिव्यक्ति र डिजिटल स्वतन्त्रता

९. जेनजी परिषद्को गठन

१०. सम्झौता कार्यान्वयन

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments