विराटचोकः सुन्दरहरैंचाको सिद्धार्थ स्कुल १५ औं संस्करणको प्याब्सन स्पोर्टस् मिटको जुनियरतर्फ पहिलो भएको छ । जुनियर र सिनियरतर्फको समग्र उपाधिमा पनि सिद्धार्थ पहिलो भएको छ । विराटनगरको एभरेष्ट स्कुल सिनियरतर्फ पहिलो भएको छ ।
सो प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । समग्र प्रतियोगितामा सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी स्कुल ८ स्वर्णसहित पहिलो भएको छ ।
त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी दोस्रो, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्डरी स्कुल तेस्रो तथा २ स्वर्ण र १ कास्यसहित रतुवामाईको मुनाल आदर्श स्कुल चौथो भएका छन् ।
एथलेटिक्सतर्फ विराटनगरको स्टार स्कुलकी प्रीति मुखिया ‘बेस्ट प्लेयर’ घोषित भएकी छिन् ।
सिनियर प्लस टु तर्फ १ स्वर्ण र ३ कास्य पदकसहित सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुल दोस्रो र १ स्वर्ण तथा १ कास्यसहित विराटनगरको अरनिको स्कुल तेस्रो भएका छन् ।
फुटबल प्रतियोगिताको उपाधि पथरीको वाल्मिकी स्कुलले जितेको छ ।
भलिबलतर्फ चार फरक विद्यालयले उपाधि जितेका छन् । जुनियर छात्रमा रंगेलीको सनरे स्कुल र जुनियर छात्रामा उर्लाबारीको शिशु शिक्षा स्कुल प्रथम भए ।
जुनियर छात्रतर्फ उर्लाबारीको मोरङ मोडेल द्वितीय र रतुवामाईको दाम्राभिट्टा स्कुल तृतीय भए । जुनियर छात्रातर्फ पथरीको एभरेष्ट द्वितीय र बुढीगंगाको मोरङ पब्लिक स्कुल तृतीय भए ।
भलिबलतर्फ नै सिनियर छात्रमा रतुवामाईको राष्ट्रिय निर्माण स्कुल र छात्रामा सुन्दरहरैंचाको ब्राइट फ्युचर स्कुलले उपाधि जिते । सिनियर छात्रतर्फ उर्लाबारीको पशुपति स्कुल द्वितीय र उर्लाबारीकै मोरङ मोडल स्कुल तृतीय भए ।
सिनियर छात्रातर्फ पथरीको रेडस्टार स्कुल द्वितीय र उर्लाबारीको पशुपति स्कुल तृतीय भए ।
बास्केटबल प्रतियोगितामा जुनियर छात्रतर्फ विराटनगरको सगरमाथा स्कुल प्रथम भयो ।
प्लस टु सिनियर छात्रतर्फ पनि सगरमाथा स्कुल नै प्रथम भएको छ । विराटनगरको एभरेष्ट द्वितीय र सिद्धार्थ स्कुल तृतीय भए ।
प्लस टु छात्रातर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम, अरनिको स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भए ।
सम्बन्धित समाचारहरू
प्याब्सन स्पोर्टस् मिट २०८२ मा सिद्धार्थ सेकेण्डरी सुन्दरहरैंचा पहिलो
यस्तो छ हिजोसम्मको १५ औँ प्याब्सन स्पोर्ट्स मिटको नतिजा
१९ गतेदेखि १५ औँ प्याब्सन स्पोर्टस मिट, ३ हजार खेलाडी सहभागी हुने







