Saturday, January 24, 2026
Homeखेलकुदलुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाज्

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाज्

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।

यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ । विजयी हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ । आजको विजेताले विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल खेल्नुपर्नेछ ।

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्ससँग हालसम्म खेलेका दुवै खेल जितेको छ ।

साबिक उपविजेता सुदूर पश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments