Friday, December 5, 2025
Homeखेलकुद१९ गतेदेखि १५ औँ प्याब्सन स्पोर्टस मिट, ३ हजार खेलाडी सहभागी हुने

१९ गतेदेखि १५ औँ प्याब्सन स्पोर्टस मिट, ३ हजार खेलाडी सहभागी हुने

विराटनगरः मंसिर १९ गते शुक्रबारदेखि विराटनगरमा ‘१५ औँ प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले प्याब्सन कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्पोर्टस मिटको बारेमा जानकारी गराएको हो ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार स्पोर्टस् मिटमा जिल्लामा रहेका प्याब्सन आबद्ध २३५ विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । फुटबल र क्रिकेटका खेल खेल्ने टिम धेरै भएको र लामो समय लाग्ने भएकाले प्रतियोगिताको उद्घाटन अगावै ती खेल भने शुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विद्यार्थीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा सर्वाङ्गीण व्यक्तित्व निर्माणलाई लक्षित गर्दै यस कार्यक्रमलाई प्रत्येक वर्ष थप परिष्कृत, प्रभावकारी र सुदृढ बनाएर प्रतियोगिता आयोजना गरिने प्याब्सन मोरङका सचिव देवी सिटौलाले बताउनुभयो ।

सो स्पोर्टस् मिटमा कक्षा ११ र १२ का विद्यार्थीका लागि भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस र म्याराथन खेलहरू समावेश गरिएको छ । छात्रतर्फ ६ खेलमा र छात्रातर्फ फुटबल र क्रिकेटबाहेक अन्य खेलमा प्रतियोगिता हुने भएको हो ।

कक्षा १० सम्मका विद्यार्थीका लागि ट्रयाक इभेन्टअन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५०० मिटरका दौड प्रतियोगिताका साथै १०० गुणा ४ मिटर ४०० गुणा ४ मिटर रिले दौड प्रतियोगिता छात्र र छात्रा दुवैतर्फ हुने भएका छन् ।

कक्षा १० सम्मका विद्यार्थीका लागि नै ग्रुप इभेन्टअन्तर्गत छात्रतर्फ भलिबल, टेबलटेनिस र बास्केटबल तथा छात्रातर्फ भलिबल र टेबलटेनिस प्रतियोगिता हुने भएका छन् ।

कक्षा १० सम्मका विद्यार्थीले भाग लिने गरी छात्र र छात्रा दुवैतर्फ लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सर्टपुट र ज्याभ्लिङ थ्रो प्रतियोगिता हुने भएका छन् ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च लाग्नेछ ।

जिल्ला फुटबल संघ, जिल्ला क्रिकेट संघ, जिल्ला बास्केटबल संघ, जिल्ला भलिबल संघ, जिल्ला टेबलटेनिस संघ जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा खेलहरु सञ्चालन हुने प्याब्सनले जनाएको छ ।

प्रतियोगिताअन्तर्गतका खेलहरू शहीद रङ्गशाला विराटनगर, जुट मिल खेल मैदान रानी र एभरेष्ट स्कुल विराटनगरको खेलमैदानमा हुने भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments