Wednesday, December 10, 2025
Homeफिचरचाँदीको भाउ हालसम्मकै उच्च, सुनको बढ्यो तोलामा २०० रुपैयाँ

चाँदीको भाउ हालसम्मकै उच्च, सुनको बढ्यो तोलामा २०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा १५० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । चाँदीको भाउले मंसिर १७ गते कायम भएको हालसम्मको उच्च मूल्यको रेकर्ड तोडेको हो । सो दिन चाँदीको भाउ ३ हजार ६५५ रुपैयाँ निर्धारण भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १००० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments