विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको हो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।







