Tuesday, December 9, 2025
Homeखेलकुदएनपीएलमा आज विराटनगर किंग्स र साबिक उपविजेता सुदूर पश्चिम रोयल्स भिड्ने, जित्ने...

एनपीएलमा आज विराटनगर किंग्स र साबिक उपविजेता सुदूर पश्चिम रोयल्स भिड्ने, जित्ने टोली सिधै फाइनलमा पुग्ने

काठमाडौंः कीर्तिपुरमा भइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुनेछ । आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूर पश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा हुँदैछ । सुदूर पश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो ।

सुदूर पश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूर पश्चिमले लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो । सुदूर पश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजित भएको थियो । विराटनगरले चितवन र लुम्बिनीसँग हार बेहोरेको थियो ।

आज जित्ने टोली सिधैं फाइनल पुग्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउने हुनाले उसको पनि फाइनल पुग्ने सम्भावना रहिरहन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments