Tuesday, December 9, 2025
Homeफिचरनिर्वाचनका लागि मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्माको मात्रै नाम सिफारिश

निर्वाचनका लागि मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्माको मात्रै नाम सिफारिश

विराटनगरः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले डा. सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एकल सिफारिश गरेको छ । उहाँ सोही क्षेत्रको निवर्तमान सांसद हुनुहुन्छ ।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिश गर्न मातहतका कमिटीलाई परिपत्र गरे पनि मोरङ क्षेत्र नम्बर ३ मा क्षेत्रीय कार्यसमितिले शर्माको मात्र नाम सिफारिश गरेको हो ।

समानुपातिकतर्फ भने समितिले चार जनाको नाम सिफारिश गरेको छ । जसमा वसन्त भट्टराई, सूयर्माराज राई, रेखबहादुर तामाङ र बिन्दुकुमारी कार्की छन् । यस्तै, राष्ट्रिय सभा सदस्यका लागि लोकप्रसाद संग्रौला, राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौला र योगेन्द्र दाहालको नाम सिफारिश भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments