विराटचोकः आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वासिङटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।
खेल अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुँदैछ । प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।
यस्तो छ समूह चरणको खेलतालिका
समूह एः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र प्लेअफ ‘डी’ को विजेता
समूह बीः क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार र स्वीट्जरल्यान्ड
समूह सीः ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड
समूह डीः अमेरिका, पाराग्वे, अस्ट्रेलिया र प्लेअफ ‘सी’ को विजेता
समूह इः जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर
समूह एफः नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता र ट्युनिशिया
समूह जीः बेल्जियम, मिश्र, इरान र न्युजिल्यान्ड
समूह एचः स्पेन, केप वर्दे, साउदी अरब र उरुग्वे
समूह आईः फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता र नर्वे
समूह जेः अर्जेन्टिना, अल्जिरिया, अष्ट्रिया र जोर्डन
समूह केः पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया र उज्वेकिस्तान
समूह एलः इंग्ल्यान्ड, क्रोएसिया, घाना र पनामा







