विराटचोकः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ५८५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको थियो ।







