Monday, December 8, 2025
Homeअर्थअब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने

अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने

विराटचोकः भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा एक सय रुपैयाँभन्दा माथिका भारतीय नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा २ हजार दरका नोट छापिएका थिए । सन् २०२३ देखि सो नोट समेत छापिन छोडेको छ । अहिले १ सय दर माथि ५ सय र १ हजार दरका भारतीय नोट चलनचल्तीमा छ । सूचनामा नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने जनाइएको छ ।

२५ हजार रुपैयाँसम्मको सीमाका कारण नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले १ सय भन्दा माथिको नोट नेपालमा प्रतिबन्धित हुँदा असहज महसुस गर्थे । अब भारत भएर नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका साथै भारतीय पर्यटकलाई पनि नेपालको यात्रामा सहज हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments