बेलबारीः सर्जक मधु गुरुङद्वारा लिखित ‘जीवनको गीत’ उपन्यासको शनिबार बेलबारीमा लोकार्पण गरिएको छ ।
बेलबारी साहित्य विकास समितिद्वारा बेलबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी क्षेत्री दुलालले कृतिको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, प्राज्ञ खेम नेपाली, प्रा.डा. बद्रीविशाल पोखरेल, बेलबारी अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, आख्यानकार छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका पूर्व अध्यक्ष तिला लेकाली, लेटाङ साहित्य सङ्गमका अध्यक्ष गणेश दवाडी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, कण लघुकथा समाजका अध्यक्ष दीप मङ्ग्रातीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इरान राईले लेखकको परिचय प्रस्तुत गर्नुभएको थियो भने लोकार्पित कृतिको समीक्षा प्रा.डा. बद्रीविशाल पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा भरत बर्बरिक, किशोर कोइराला, नवराज पोखरेल ‘नवशिला’, रिजाल विनोद, चन्द्रमाया खड्का, दीपा दीपहरि, खेमराज आचार्य, मैया विक, चिरञ्जीवी काफ्ले, नवीन थापालगायतले रचना वाचन गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार जेबी थुलुङले गर्नुभएको थियो ।







