जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।
जनमतका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य दुई मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।







