काठमाडौंः कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले १३० रनको लक्ष्य दिएको छ ।
लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो । कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए ।
बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।
जनकपुर बोल्ट्स एनपीएलको साबिक विजेता टोली हो ।







