Friday, December 5, 2025
Homeखेलकुदगोलको वर्षा गरी विदेशी टिमलाई हराउँदै आयोजक पुग्यो गछिया गोल्डकपको अघिल्लो चरणमा

गोलको वर्षा गरी विदेशी टिमलाई हराउँदै आयोजक पुग्यो गछिया गोल्डकपको अघिल्लो चरणमा

गछियाः हिजोदेखि शुरु भएको गछिया गोल्डकप फुटबल प्रतियोगितामा आयोजक गछिया युवा समाज विदेशी पाहुना टोलीलाई ० का विरुद्ध ७ गोल गरी अघिल्लो चरणमा प्रवेश गरेको छ । आयोजकले लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल, भारतमाथि गोलको वर्षा गरेको हो ।

रातो जर्सीमा मैदानमा उत्रिएको आयोजकका तर्फबाट जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।

जर्सी नम्बर १७ का सन्तोष उरावले २ तथा जर्सी नम्बर ८ का सन्तोष खत्रीले २ गोल गरेका थिए । पाहुना टोलीले गोल गर्नका लागि पाएको दर्जन अवसरको उपयोग गर्न नसक्दा गोलरहित खेल खेल्दै घर फर्कनुपर्याे ।

भोलिको खेल जलथल फुटबल क्लब झापा र गाईघाट युनाइटेड क्लब उदयपुरबीच खेल हुनेछ ।

मंसिर २२ गते सम्पन्न हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीका साथमा नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजारको साथमा ट्रफी पाउनेछन् ।

हरेक दिनको म्यान अफ द म्याच घोषित खेलाडीले ५ हजार १०० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ दि सिरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments