Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरूको आयोजनामा साहित्यकार रुपनारायण श्रेष्ठको गजल वाचन सम्पन्न

नझरेका फूलहरूको आयोजनामा साहित्यकार रुपनारायण श्रेष्ठको गजल वाचन सम्पन्न

विराटचोकः सुन्दरहरैंचामा सबैभन्दा धेरै साहित्यिक गतिविधि गर्ने संस्था नझरेका फूलहरूले आयोजना गरेको स्रष्टासँग शनिबार कार्यक्रममा साहित्यकार रुपनारायण श्रेष्ठका गीत तथा गजल सुन्ने मौका साहित्यानुरागीले पाएका छन् ।

पत्नीसहित कार्यक्रममा उपस्थित भएका साहित्यकारले पत्नीलाई आफूसँगै राखेर शृङ्गारिक तथा अन्य भावका गजल सुनाउँदा उपस्थित साहित्यानुरागीले खुलेर स्रष्टा श्रेष्ठको प्रशंसा गरेका थिए । कार्यक्रममा श्रेष्ठले आफ्ना आधा दर्जनभन्दा बढी रचना वाचन गर्नुभएको थियो ।

सोही कार्यक्रममा साहित्यकार सोम भट्टराईलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु प्रकाश भट्टराई, हीरा खड्का, खेम आचार्य र नवीन थापा क्षेत्रीले पनि आफ्ना रचना सुनाउनुभएको थियो ।

समाजसेवी आरके प्रधानको अध्यक्षता तथा सुकुना बहुुमुखी क्याम्पस सञ्चालक समिति उपाध्यक्ष ललित श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दरहरैंचा, बेलबारी, केराबारी र इटहरीका साहित्यप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नझरेका फूलहरुका प्रस्तोत केपी घिमिरेले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments