विराटचोकः नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा आज गर्न लागेको हो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बिहान बोलाइएको बताइएको छ । सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुनेछ ।







