Friday, December 5, 2025
Homeफिचरअसई रागनीकुमारी सर्वोत्कृष्ट प्रहरी घोषित

असई रागनीकुमारी सर्वोत्कृष्ट प्रहरी घोषित

काठमाडौंः जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रथम स्थान हासिल गरेकोमा नगद ४० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गर्नुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उहाँको नाम छनोट गरेको हो ।

त्यस्तै, अर्घाखाँची प्रहरी चौकी बालकोटमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

सान्त्वना स्थान प्राप्त गर्नुभएका प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईंले नगद १० हजारसहित प्रशंसापत्र पाउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments