गछियाः आजदेखि मंसिर २२ गतेसम्म गछिया युवा समाज मोरङको आयोजनामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
खेलमैदान सम्याउने, घाँस काट्ने, खेलमैदानको घेराबारा, प्याराफिट निर्माणलगायतका काम सम्पन्न भइसकेको आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् । आज उद्घाटन खेल सहलेश फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुने खेल संयोजक प्रह्लाद थोप्राले बताउनुभयो ।
प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विशेष नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्डर, गोलकिपर तथा उत्कृष्ट कोचले जनही ११–११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार एक सय रुपैयाँ प्रदान गरिने भएको छ ।







