Monday, January 19, 2026
Homeखेलकुदसुदूरपश्चिमले लगातार चौथो जीत निकाल्दा लुम्बिनीको तेस्रो हार

सुदूरपश्चिमले लगातार चौथो जीत निकाल्दा लुम्बिनीको तेस्रो हार

काठमाडौंः सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जीत हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

लगातार चार जीतपछि ८ अङ्कका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । सुदूर पश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफमा पुग्नेछ । लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलमध्ये एउटा खेलमात्र लुम्बिनीले जितेको छ ।

आजको खेलमा सुदूर पश्चिमका लागि विकेटकिपर विनोदले अविजित ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजनमा भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । क्रिकेट लिनले १९ रनका योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एकएक विकेट लिए ।

आजको दोस्रो खेलमा जनकपुरसँग टस जितेर पोखरा एभेन्जर्सले अहिले ब्याटिङ गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments