विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगितामा जुनियरतर्फ हरैंचा मोडल र सिनियरतर्फ जुपिटर इङ्लिस स्कुल पहिलो भएका छन् ।
हिजो सम्पन्न प्रतियोगितामा जुनियरतर्फ १५ विद्यालय सहभागी थिए । सिनियरतर्फ ८ विद्यालयले भाग लिएका थिए । सिनियरतर्फ सिद्धार्थ सेकेन्डरी स्कुल दोस्रो र पूर्वाञ्चल एकेडेमी तेस्रो भएका छन् । माउन्ट मकालु स्कुलले सान्त्वना स्थान हात पारेको छ ।
जुनियर समूहमा माउन्ट मकालु स्कुल दोस्रो तथा क्वेस्ट स्कुल तेस्रो घोषित भएका छन् । सान्त्वना पुरस्कार पूर्वाञ्चल एकेडेमीले जितेको छ ।
कक्षा ८ सम्मका विद्यार्थीले जुनियरतर्फ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सिनियर समूहमा सहभागिता जनाएको प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै कला, भेषभूषा र संस्कृतिको जगेर्नामा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतलगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सूर्य दङ्गालले गर्नुभएको थियो ।
विजयी विद्यार्थी तथा विद्यालयलार्य शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।







