Tuesday, October 20, 2026
Homeखेलकुदगछियाले जित्यो प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकपको उपाधि

गछियाले जित्यो प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकपको उपाधि

गछियाः सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा भएको फुटबल प्रतियोगितामा गछिया युवा समाजले उपाधि जितेको छ ।

खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवद्र्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रकाशपुर युवा जमातद्वारा आयोजित प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न गछियाले घरेलु टोली प्रकाशपुर युवा जमात वराहक्षेत्रलाई पराजित गरेको हो ।

गछियाले पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । विजेता गछिया युवा समाजले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्दा उपविजेता आयोजक प्रकाशपुर युवा जमातले १,११,१११ रुपैयाँसहित ट्रफी र मेडल पाएको छ ।

विजेता गछियाका सबिन घिमिरे फाइनल खेलको प्लेयर अफ द म्याच बने । उत्कृष्ट गोलरक्षक गछियाकै प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर गछियाकै सुजन चौधरी र उत्कृष्ट मिडफिल्डर गछियाकै सलोन जिमी चुनिए । उत्कृष्ट फरवार्ड प्रकाशपुरका सोलोमन बने भने उदीयमान खेलाडी प्रकाशपुरका सुदीप पाण्डे र डेनिस कार्की घोषित भए ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक गछियाका मनोज राई बने भने सर्वाधिक गोलकर्ताको पुरस्कार गाईघाट युनाइटेडका उमेश कार्कीले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्रकाशपुरका योगेश खत्री घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई मेडल, ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा सहयोग गर्ने व्यक्तिहरूलाई समापन कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतियोगिताको फाइनल तथा समापन खेलमा सभापतिको रूपमा प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगर रहनुभएको थियो ।

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा फाइनल प्रतियोगिता सम्पन्न भएको थियो । समापन समारेहमा वराहक्षेत्र नगरपालिका–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङ, वराहक्षेत्र नगरपालिकाका अधिकृतहरू, नेपाल सशस्त्र प्रहरी बल चतराका इन्चार्ज तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी प्रमुखलगायत अन्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments