Friday, December 5, 2025
Homeफिचरमोरङ ३ मा ९ प्रतिनिधिका लागि एमालेका ३७ जनाको उम्मेद्वारी दर्ता

मोरङ ३ मा ९ प्रतिनिधिका लागि एमालेका ३७ जनाको उम्मेद्वारी दर्ता

विराटचोकः नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ३ बाट ९ जना प्रतिनिधिका लागि ३७ जनाले क्षेत्रीय निर्वाचन समिति बेलबारीमा उम्मेद्वारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ४० वर्षमुनिका युवाको १ जना कोटामा ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जसमा विजय डाँगी, हिमालय थापा (पर्वत), भविन पाण्डे, निरजकुमार ढकाल, प्रदीप नेपाल र नवीन पौडेल रहेका छन् । त्यसैगरी, ३ महिला कोटामा ७ जनाको दाबी परेको छ जसमा धनमाया तामाङ, यमुना विष्ट, यशोदा लिम्बू, सीता तामाङ, दुर्गा सुवेदी (दङ्गाल), रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल रहेका छन् ।

खुला कोटाका ५ जनाका लागि २४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा राजकुमार ओझा, सन्तोष बान्तवा, बासुदेव थापा (नवीन), सुरेन्द्रबहादुर थापा, वीरेन्द्र श्रेष्ठ, रोशनप्रसाद ढकाल, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाईं, चन्द्र न्यौपाने, इरान राई, ज्ञानेन्द्र सुवेदी, रविन थापा, शंकर गुरुङ, अम्बरबहादुर गुरुङ, प्रकाश राई, दिलप्रसाद राई, भोलाप्रसाद अधिकारी, भूपाल श्रेष्ठ, भोजराज श्रेष्ठ, भगतचन्द्र थपलिया, प्रकाशबहादुर कार्की, बाबुराम येङ्देन, दिलिपकुमार राई (किशोर) र रमेश दाहाल रहेका छन् ।

क्षेत्र नं. ३ मा ५ हजार ४ सय ५२ पार्टी सदस्यमध्ये ५ हजार २ सय २ जनाले मतदान गर्नेछन् । तीमध्ये २५० दलित सदस्यले भने जिल्ला तहमा प्रतिनिधि छान्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

यो क्षेत्रमा चार पालिकाका २६ वडा रहेका छन् । सुन्दरहरैंचामा सबैभन्दा धेरै १ हजार ८ सय ८८ पार्टी सदस्य मतदाता रहेका छन् । बेलबारीमा १ हजार २ सय २८, कानेपोखरीमा ८ सय ८६ र पथरी शनिश्चरेमा १ हजार ४ सय ५० रहेका छन् ।

प्रतिनिधि चयनका लागि मंसिर १३ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म आ–आफ्नै पालिकामा मतदान हुने निर्वाचन समितिका सदस्य प्रेम कार्कीले जानकारी दिए । एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments