विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १३५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको थियो ।







