विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हालसम्म समूह चरणका ८ खेल भइसकेका छन् ।
हालसम्मको अङ्क तालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चारचार अङ्कसहित शीर्ष स्थानमा छन् । २ खेल खेलेका यी दुई टोलीले दुवै खेलमा जीत हात पारेर ४ अङ्क जोडेका हुन् । अंकतालिकामा काठमाण्डू गोर्खाज, चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्सको समान दुई÷दुई अङ्क छ । दुई खेल खेलेका चितवन, लुम्बिनी र कर्णालीले एकएक खेलमा विजयी भएर प्रत्येकले दुई अङ्क हात पारेका हुन् । ३ खेल खेलेको काठमाण्डू गोर्खाज १ खेलमा मात्रै विजयी हुँदा उसले पनि एक अङ्क पाएको हो ।
एउटा मात्र खेल खेलेको जनकपुर बोल्ट्स र खेलेका दुवै खेलमा पराजित भएको पोखरा एभेन्जर्सले हालसम्म अङ्क जोड्न सकेका छैनन् ।
एनपीएलको यो संस्करणमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी मार्क वाट रहेका छन् । कर्णाली याक्सको तर्फबाट खेलिरहेका उनले अहिलेसम्ममा १३१ रन बनाएका छन् । त्यस्तै, चितवन राइनोजका रवि बोपारा ११९ रनसहित दोस्रो स्थानमा छन् भने १११ रन बनाएका कुशल भुर्तेल तेस्रो स्थानमा छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा करण केसी शीर्ष स्थानमा छन् । काठमाण्डू गोर्खाजका कप्तान केसीले ३ खेलमा ६ विकेट लिएका छन् । त्यस्तै, काठमाण्डू गोर्खाजकै मिलिन्द कुमारले ५ विकेट लिएर दोस्रो स्थान बनाएका छन् ।
आजको खेलमा जनकपुर बोल्ट्सले शीर्ष स्थानमा रहेको विराटनगर किंग्सको सामना गर्नेछ । शीर्ष स्थानमै रहेको सुदूर पश्चिमले कर्णाली याक्स विरुद्ध खेल्नेछ ।







