विराटनगरः सुनसरीको इटहरीमा हुने युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाने क्रममा नेकपा एमालेका महेश बस्नेत र भानुभक्त ढकाल सवार भएको गाडीमा विराटनगरमा दुई जनाले रातो मसी छ्यापेका छन् ।
एयरपोर्ट लाइनको सडकमा रातो मसी छ्याप्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेताद्वय सवार गाडी दुहबी कटिसकेपछि दुहबी बजारस्थित सडकमा केही युवाले टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले आगो निभाएर सडक सुचारु गराइसकेको छ ।







