Friday, December 5, 2025
Homeफिचरसाताको अन्तिम कारोबार दिन झिनो अङ्कले घट्यो शेयर बजार

साताको अन्तिम कारोबार दिन झिनो अङ्कले घट्यो शेयर बजार

विराटचोकः साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०३ प्रतिशत अर्थात् ०.७९ अङ्कले घटेर २ हजार ५६०.२९ बिन्दुमा अडिएको छ ।

आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ६६ हजार ७९ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छाएको छ । आज होटल समूह सर्वाधिक अर्थात् १.१६ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात् ०.७१ प्रतिशतले घटेको छ ।

आज साहस ऊर्जाको सर्वाधिक शेयर कारोबार भयो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १६ करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख, युनियन हाईड्रोपावरको १२ करोड १५ लाख र बरुण हाईड्रोपावरको १२ करोड ६३ हजार बढीको सेयर कारोबार भयो ।

बजार घटे पनि धौलागिरी लघुवित्त, बन्दीपुर केवलकार, झापा इनर्जी र सागर डिष्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, र चिरख्वा हाईड्रोपावर पनि उच्च शेयरमूल्य बढ्ने कम्पनीमा परेका छन् ।

यो दिन बुङ्गल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.०५ प्रतिशतले घट्यो ।

यस्तै दरमखोला हाईड्रो इनर्जीको शेयरमूल्य ४.९१ प्रतिशत र विकास हाईड्रोपावरको शेयरमूल्य ३.७९ प्रतिशतले घट्यो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब ७८ करोड ४० लाख २७ हजार ९३३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments