Friday, December 5, 2025
Homeफिचरफागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेद्वारी दर्ता, कार्यतालिका सार्वजनिक

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेद्वारी दर्ता, कार्यतालिका सार्वजनिक

विराटचोकः निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कार्यतालिका आइतबार सार्वजनिक गरेको छ ।

प्रत्यक्ष र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेद्वारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेद्वारको सूची प्रकाशित गरिने भएको छ ।

भोलिपल्ट ७ माघमा उम्मेद्वारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ । उजुरीमाथि जाँचबुझपछि ८ माघमा बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशित गरिने भएको छ । उम्मेद्वारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने कार्यतालिका आयोगले हिजो सार्वजनिक गरेको हो ।

समानुपातिक तर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट प्रारम्भ हुने आयोगले उल्लेख गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१ देखि २३ गते भित्र आयोगमा निवेदन दिनुपर्ने छ । २४ मंसिरमा ती दलहरुको नामावली प्रकाशित गरिने भएको छ ।

पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments