काठमाडौंः साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले पाँच विकेटले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदैछन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
आजका दुई खेलमध्ये चितवन राइनोज् र कर्णाली याक्सबीच पहिलो खेल बिहान ११ बजे हुनेछ । दोस्रो खेल दिउँसो विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा खेल खेलिएको थियो ।







