Friday, December 5, 2025
Homeखेलकुदआजदेखि एनपीएलको दोस्रो संस्करण शुरु

आजदेखि एनपीएलको दोस्रो संस्करण शुरु

विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज मंसिर १ गतेदेखि शुरु हुँदैछ । प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूर पश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गन भएका छन् ।

आजको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।

यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर मंसिर १ गतेदेखि मंसिर २१ गतेसम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे शुरु हुनेछ ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायरको खेल हुनेछ । त्यसपछि मंसिर २४ गते तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ ।

मंसिर २५ गते पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुने भएको छ । यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच मंसिर २७ गते फाइनल खेल हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments