Friday, December 5, 2025
Homeफिचरजेनजी आन्दोलनपछि ७ दल थपिए, ७ खारेज, २८ दर्ता प्रक्रियामा

जेनजी आन्दोलनपछि ७ दल थपिए, ७ खारेज, २८ दर्ता प्रक्रियामा

काठमाडौंः जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा ७ दल दर्ता भएका छन् । ७ वटा खारेज भएका छन् । जसका कारण दलको सङ्ख्या यथावत् १२२ नै रहेको छ । २८ नयाँ दल भने दर्ता प्रक्रियामा छन् ।

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थिए भने आगामी निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आइतबार सम्म पनि त्यति नै दल छन् । ७ दल थपिए पनि ७ दल नै खारेज भएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एउटा राजनीतिक दललाई सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको थियो । बाँकी ६ दलहरु ती दलको नेतृत्वको आग्रहमा खारेज गरिएको हो । भट्टराईका अनुसार २८ दल दर्ता प्रक्रियामा रहेका छन् । ती दल दर्ताको लागि कागजात प्राप्त भएको तर दल दर्ताको प्रमाण पत्र पाउन बाँकी रहेको छ । दल दर्ताको प्रक्रियामा रहेका विषयमा कानूनबमोजिम कागजात माग्ने र सनाखत गराउन केन्द्रीय समितिको हकमा आयोगको सचिवालयमा र अन्य सदस्यहरुको लागि सम्बन्धित जिल्ला निर्वाचन आयोगको कार्यालयबाट सनाखत गराउने काम भइरहेको छ । ती प्रक्रिया पूरा भएपछि ती २८ दलले पनि दल दर्ताको प्रमाणपत्र पाउनेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments