काठमाडौंः आगामी निर्वाचनमा भाग लिनका लागि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ नेपाल नामक दल दर्ता भएको छ ।
पार्टी सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा आइतबार निर्वाचन आयोगमा दर्ता भएको दलमा अहिले २९ जना केन्द्रीय सदस्य छन् ।
सो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ ।







