विराटचोकः आज सुन र चाँदी दुवैको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार रुपैयाँ रहेको छ ।
शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको थियो ।







