Friday, December 5, 2025
Homeफिचरनेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

काठमाडौंः नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।

विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूको प्रतिनिधिमूलक साझा संस्थाका रूपमा स्ववियु परिषद् नेपाल गठन भएको बताइएको छ ।

नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुने भएको छ ।

अधिवेशन व्यवस्थापनका लागि राज थेबेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यमा पंकजकुमार क्षेत्री सुवेदी, कमला सिंह शाही, अमृत कार्की, मेघराज थापा, करुणासागर सिग्देल र लक्ष्मीकुमारी बोगटी हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले हिजो जारी गरेको सूचनामा सो विषय उल्लेख गरिएको छ ।

 No description available.

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments