Friday, December 5, 2025
Homeफिचरनेकपा एमालेले देशभर आज मोटरसाइकल र्यालीमार्फत् जनप्रदर्शन गर्ने

नेकपा एमालेले देशभर आज मोटरसाइकल र्यालीमार्फत् जनप्रदर्शन गर्ने

विराटनगरः संसद पुनस्र्थापनाको माग गरिरहेको र जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनलाई ‘प्रतिगामी षड्यन्त्र’ को संज्ञा दिँदै आएको नेकपा एमालेले आज देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्लाहरूमा जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरूलाई खटाइएको छ । यसै क्रममा मोरङ जिल्लाको विराटनगरमा पनि मोटरसाइकल र्याली निकालिने भएको छ । कमिटीका उपाध्यक्ष सागर थापाका अनुसार, आजको प्रदर्शनमा जनसहभागिता उल्लेख्य हुनेछ । विभिन्न क्षेत्रबाट आउने मोटरसाइकल र्यालीहरू विराटनगरका प्रमुख चोकहरूमा जम्मा हुनेछन् ।

उत्तरी मोरङका उर्लाबारी, पथरी, लेटाङ, बेलबारी लगायतका क्षेत्रबाट आउने र्याली विराटचोकबाट अध्यक्ष अजम्बर राईको नेतृत्वमा पुष्पलालचोकमा आइपुग्नेछ ।

दक्षिण भेगका पालिकाबाट आउने र्यालीको नेतृत्व जिल्ला कमिटी सदस्य दीपक कर्णले गर्नेछन् ।

रतुवामाई, सुनवर्षी र रंगेलीबाट उषा झाको नेतृत्वमा तथा धनपालथान र जहदा हुँदै आउने टोली विराटनगरमा राजन भण्डारीको नेतृत्वको टोलीसँग मिसिएर पुष्पलाल चोक पुग्ने कार्यक्रम रहेको छ ।

सबै र्यालीहरू पुष्पलालचोकमा एकत्रित भएपछि उपाध्यक्ष सागर थापाले सहभागीहरूलाई स्वागत गर्नेछन् । त्यसपछि, रोडशेष चोकबाट महेन्द्र चोकसम्म बृहत् र्याली जानेछ र महेन्द्र चोकमा कोणसभामा परिणत हुनेछ । कोणसभालाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले निर्वाचनमा जाने वातावरण नरहेको भन्दै प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग अगाडि सारेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments