Monday, January 19, 2026
Homeपर्यटननेवानिका दुई ट्वीनअटरबाट आन्तरिक उडान पुनः शुरु

नेवानिका दुई ट्वीनअटरबाट आन्तरिक उडान पुनः शुरु

काठमाडौंः नेपाल वायुसेवा निगमले २ वटा ट्वीनअटर जहाजबाट आन्तरिक उडान पुनः शुरु गरेको छ ।

निगमसँग देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएका ट्वीनअटर डीएचसी ६ जहाजमध्ये २ महिनादेखि थन्किएका दुई जहाजले अब नियमित उडान गर्ने भएका छन् ।

इन्जिन मर्मत तथा वार्षिक जाँचका लागि राखिएको नाइनएन एबीटी जहाजको आवश्यक मर्मत सम्भार भई मंगलबार परीक्षण उडान भएको थियो । अब दुवै जहाजमार्फत् आन्तरिकतर्फ व्यावसायिक उडान शुरु गरिने निगमले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments