विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका –१० विराटचोक स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभा संस्थाका अध्यक्ष गोपाल थापाको अध्यक्षता तथा राष्ट्रिय सभाका पूर्व सांसद रमेशजंग रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।
साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, प्रगति विवरण र आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
संस्थाले एम्बुलेन्स सेवा, सहकारी अवलोकन भ्रमण, तालिम तथा सेमिनार, सामाजिक सेवा, व्यावसायिक कारोबारमा सहुलियत, दुर्घटना र सुत्केरी भएका सदस्यलाई आवश्यक सहयोगजस्ता सेवाहरू निरन्तर प्रवाह गर्दै आइरहेको जनाएको छ ।







